अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि साझाले निकाल्यो ‘सेमी लो फ्लोर’, अस्पतालदेखि अस्पतालसम्म’



हाम्रो इकोनोमि

लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ ।

उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन ।

सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपाङ्ग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता दूर हुने भएको छ ।

झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछि काठमाडौँ उपत्यकामा देखिने यो दृष्यका लागि साझा यातायातले गत साता होचो (सेमी लो फ्लोर) भएको भित्र्याइसकेको छ ।

बस अर्को महिनाबाट सञ्चालनमा ल्याउन लागिएको र अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता सकिएपछि रुटको काम हुनेछ ।”

साझाले टेडरमार्फत झण्डै रु ३५ लाखमा भित्र्याएको यो बसमा ४१ जनासम्म अटाउने छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस ल्याएको यो बस अरु बसको तुलनामा धेरै महँगो पर्ने उहाँले जानकारी दिनुभयो ।
रुट छान्दा लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुडाउन सकिने अवस्थालाई ध्यान दिइएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने तर लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो भएको कामु प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो ।

बसमा एउटामात्रै खुड्किलो हुन्छ जसले गर्दा अपाङ्गता भएका व्यक्ति सजिलै उक्लन– ओर्लन सक्छन् र खुडकिलो पनि फोल्ड गर्न मिल्छ । ह्विलचेयर पनि सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ ।

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क रुपमा यात्रा गर्न पाउने उहाँले बताउनुभयो । ‘क’ र ‘ख’ वर्गका अपाङ्ग र पाँच वर्षका बालबालिकाले निःशुल्क रुपमा यात्रा गर्न पाउँछन् । उहाँले भन्नुभयो, “महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।”

साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् ।

अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । चवालिस वटा बस अहिले काठमाडौँ उपत्यकामा र दुई वटा बस काठमाडौँ उपत्यकादेखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ ।

साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले साझाको रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका धेरै नगरपालिकाले साझासँग सहकार्य गर्न इच्छुक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...