काँग्रेसद्वारा तीनजनालाई कारबाही



हाम्रो इकोनोमि

नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।

उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिनुभयो ।

यस्तै, बैठकले निर्वाचनमा असहयोग पु¥याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उहाँहरुलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताउनुभयो ।

यसैगरी, क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा काँग्रेसले हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...