एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय



हाम्रो इकोनोमि

पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो ।

इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए ।

शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो ।

फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो । तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो ।

अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको थियो । जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्ककारीवादको समेत आरोप पञ्जाव प्रान्तका न्यायाधीश इहतेशाम कादिरले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...