एक महिनामै नयाँ राष्ट्रपति, को–को छन् दाबेदार,माओवादी प्रदेश सांसद् भारतीय मतदाता



हाम्रो इकोनोमि

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।समाचार अनुसार भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन अकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटकपटकको भेट र डिनर मिटिङमार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना व्यक्त गरेकी छन् । उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् ।

तर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल दोहारिने इच्छा राखेको समाचारमा उल्लेख छ ।समाचार अनुसार वाम गठबन्धन बनेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालले राष्ट्रपति बन्ने चाहना अस्वीकार गर्दै आएका छन् ।

 

निर्वाचन आयोगले ३ फागुनमा निर्वाचनको अन्तिम प्रतिबेदन बुझाइसकेकाले संसद् गठन भएको एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक र कानूनी प्रावधानअनुसार बढीमा ३ चैतभित्र नयाँ राष्ट्रपति–उपराष्ट्रपति चयन भइसक्नेछन् ।नयाँ पत्रिका दैनिक खबरको अगाडि लेख्छ– राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ र ५ मा ऐन प्रारम्भ भएपछि पहिलोपटक हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा गठन भएको एक महिनाभित्र निर्वाचन हुनेगरी आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

संविधानको धारण ६२ अनुसार संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिनेछन् । दुवै संसदका सदस्यको मतभार फरक छ । कुनै उम्मेदवारले बहुमत नल्याएको अवस्थामा भने संविधानअनुसार कुल मतको बढी मत प्राप्त गर्ने दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने संवैधानिक व्यवस्था छ ।

 

नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा भेटिएको खबर नागरिक दैनिकले छापेको छ ।भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।समाचार अनुसार भारत, बिहार राज्यको दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एअनाइसी डट आईएनमा भेटन सकिन्छ ।
दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आईडी) आईएजी ०३७३१८३ छ । उनको मतदाता क्रमांक १७५ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...