गैरकानुनी २१ आप्रवासीको मृत्यु



हाम्रो इकोनोमि

गैरकानूनी आप्रवासीहरूलाई बोकेको एउटा ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अर्कै अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेका मध्ये अरू ७५ जना घाइते भएको स्थानीय स्वास्थ्यकर्मीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् ।

सो सडक दुर्घटना राजधानी त्रिपोलीदेखि झण्डै १८० किलोमिटर टाढा पर्ने बेनी वालिड शहरमा भएको बेनी वालिड जनरल अस्पतालका निर्देशक मोहम्मद अल मर्बौकले जानकारी दिनुभयो ।

उहाँले आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी र सहयोगी निकायहरूलाई आग्रह पनि गर्नुभएको छ ।

अस्पतालमा घाइतेहरू धेरै भएको र पर्याप्त स्वास्थ्य सेवा दिने स्रोत साधन नभएकाले सहयोगका लागि अपिल गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

“गम्भीर घाइते केहीलाई हामीले नजिकैको अस्पतालहरूमा स्थानान्तरण गरेका छौँ,” अल मर्बौकले भन्नुभयो ।

बेनी वालिड शहर गैरकानूनी आप्रवासीहरूको आन्दोलन भएको मुख्य शहरमध्येमा पर्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...