ज्योतिषीले देउवालाई दिए यस्तो सल्लाह,५ गतेअघि नै बालुवाटार छाड्दै देउवा



राजीनामा दिनासाथ प्रधानमन्त्री शेरबहादुरले देउवाले सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।

उनी गत असार ५ गते बिहान ५:२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।
‘ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्’, स्रोतले भन्यो, ‘त्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुन्छ।’ सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्।
प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने तयारी गरेका छन्।

अर्का तिर नेपाली काँग्रेस केन्द्रीय समितिले समानुपातिकमा पटकपटक एउटै व्यक्तिलाई नल्याउने निर्णय गर्‍यो र सोहि अनुसारको निर्णय गर्न संसदीय वोर्डलाई पनि भन्यो तर व्यवहारमा त्यस्तो भएन।

नेपाली काँग्रेसमा समानुपातिकबाट सांसद भएकाहरु एकपटक नभइ तीन तीन पटक भएका भनेर सामाजिक सञ्जालहरुमा चर्चा भयो। समानुपातिकबाट तीन तीन पटक सांसद भएका भाग्यमानीहरुको नाम पनि सार्वजनिक भयो।

समानुपातिकबाट पटकपटक सांसद भएकाहरुलाई पनि माथ दिने गरि काँग्रेसले केहि व्यक्तिलाई कहिले राष्ट्रिय सभा त कहिले संसदमा समानुपातिकबाट सांसद बनाएको चर्चा पनि यतिखेर उठेको छ।

काँग्रेसले राष्ट्रिय सभाको चुनाव अघी उमेद्वार टुङ्ग्याउन बसेको पदाधिकारीहरुको वैठकमा एक नामको बारेमा निकै चर्चा भयो। चर्चा मात्र भएन विवाद पनि भयो। स्वयं पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन पनि भयो। तर पटकपटक काँग्रेसबाट सांसद भएका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी फेरि काँग्रेसबाट पाँचौ पटक सांसद हुनेगरि राष्ट्रिय सभा सांसदमा उमेद्वार भए।

पौडेलले आफूलाई महाधिवेशनमा असहयोग गरेका अधिकारीलाई नबनाउन जोडबल लगाएपनि अन्तत देउवाले उनलाई उमेद्वार बनाइ छाडे।

विवेकशिल साझाले सहयोग गर्न सक्ने उमेद्वार भएको भन्दै देउवाले अधिकारीको पक्षमा अडान लिएकै कारण उनी उमेद्वार बने। चुनाव पछि राष्ट्रिय सभाका सांसद पनि भए।

अधिकारीको संसदमा भने यो पहिलो उपस्थिति नभइ पाँचौ उपस्थिति थियो। २०५६ सालमा उनी पहिलो पटक संसदमा पुगेका थिए। जानकारहरुका अनुसार उनी त्यति बेला नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गरेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सिफारिसमा राष्ट्रिय सभामा सांसद भएका थिए।

नेपाली काँग्रेस निकट अधिवक्ताहरुको तर्फबाट उनलाई राष्ट्रिय सभामा लगिएको थियो।

प्रतिगमन विरुद्धको आन्दोलन सफल भएपछि बनेको अन्तरिम संसदमा हरिहर दाहालले काँग्रेस निकट अधिवक्ताहरुको प्रतिनिधित्व गर्दै प्रवेश पाए। अधिवक्ता समेत रहेका राधेश्याम अधिकारीले तत्कालिन राष्ट्रिय सभाको सांसदको हैसियतमा पूनर्स्थापित संसदमा पुन प्रवेश पाए। लगत्तै पहिलो संविधानसभा पनि उनी पुग्न सफल भए। त्यस बेला भने उनलाई काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नै संविधानसभासम्म पुर्‍याएका थिए।

पहिलो संविधानसभाको अनुभव उनले दोस्रो संविधानसभामा पनि वाड्न पाए। उनलाई काँग्रेसले दोस्रो संविधानसभामा पनि समानुपातिक कोटाबाट पुर्‍यायो।

२०७४ मा भने उनी काँग्रेसको रोजाइमा जति परे त्यतिकै विवेकशिल साझाको पनि रोजाइमा परे। देउवाले पनि ३ मत पाउने आशामा विवेकशिलको प्रस्तावलाई देखाउँदै अधिकारीलाई उमेद्वार बनाए। साथमा महाधिवेशनमा आफूलाई लगाएको गुन तिर्नु त छँदै थियो।

संविधानसभामा रहँदा संविधानसभाको म्याद वढाउने निर्णयप्रति असहमति जनाउँदै राजीनामा दिएका उनी संसदको अभ्यास गर्न पाउने थोरै भाग्यमानी मध्ये पर्दछन।

काँग्रेसमा समानुपातिकबाट संविधानसभामा पुग्ने र राष्ट्रिय सभामा पनि पुग्ने विरलै अवसर पाउने अधिकारीले संसदमा राम्रो सांसदको छवी बनाएका छन्। वरिष्ठ अधिवक्ता रहेका अधिकारी संसदमा पटकपटक पुग्दा काँग्रेसकै थुप्रै वरिष्ठ अधिवक्ताहरु भने पार्टीले आफूहरुलाई वेवास्ता गरेकोमा रुष्ट छन्। उनीहरु एउटैले पटक पटक अवसरमा पाएकोमा नेतृत्वप्रति क्रुद्ध रहेका छन्।

विगत १८ बर्षदेखि सांसद रहेका अधिकारीको यो पटक सांसद भएपछि पेन्सन नै पाक्ने भयो भन्दै वकिलहरुको समाजमा चर्चा पनि हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन