महिलाको आँखाबाट झिकियो १४ किरा, रोग विज्ञानमा नयाँ आविष्कार



हाम्रो इकोनोमि

झिँगाले ब्याक्टेरिया तथा भाइरसलगायतका जिवाणुहरु सार्ने तथ्य त विदितै छ । तर झिँगाले घातक परजीवीहरु पनि मानिसमा सार्ने तथ्य वैज्ञानिकहरुले पहिलोपटक पत्ता लगाएका छन् ।

अमेरिकाको ओरेगनमा एक २६ वर्षीया महिलाको आँखाबाट १४ वटा किरा निकालेसँगै शोधकर्ताहले यस्तो निष्कर्ष निकालेका हुन् ।

एब्बी बेक्ली नामक महिलाको आँखाबाट नयाँ खालका किरा वैज्ञानिकहरुले निकालेका थिए । थेलाजिया गुलोसा प्रजातिका उक्त परजिवी किराहरु यसअघि अमेरिका तथा क्यानडामा गाइवस्तुमा देखिने गरेको थियो । एब्बी नै यस्तो किरा आँखामा फेला पारिएकी पहिलो मानव हुन् ।

जनावरको आँखा वरीपरी झुम्मिएर आँखाबाट निस्कने आँशु खाने फेस फ्लाइज नामक झिँगाले उक्त परजिवी सार्ने गर्दछ । सोही झिँगाले गाइवस्तुबाट उक्त परजिवी मानिसको आँखामा पनि सारेको पहिलोपटक फेला परेको हो ।

आँखा चिलाएपछि डाक्टरकोमा पुगेकी एब्बीको आँखाबाट डाक्टरहरुले झिँगाले सार्ने परजिवी निकाल्न सफल भएका हुन् ।

यस्तै खालका किराहरु बिरालो तथा कुकुरका आँखामा पाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...