पार्टीप्यालेस तथा क्याटरिङग व्यवसायी बन्यो महासघं



हाम्रो इकोनोमि

क्याटरिङग तथा पार्टीप्यालेस व्यवसायीहरूको छाता सगंठन नेपाल पार्टीप्यालेस तथा क्याटरिङग व्यवसायीसंघ (ईभेन्ट एण्ड भेन्यु एसोसिएन अफ–नेपाल) देशको पाहाडी क्षेत्र बाहेक सातै प्रदेशमा शाखा विस्तार गर्न सफल भई महासघमा रूपान्तरण भएको अध्यक्ष अनिल शर्माले जानकारी दिइएका छन् । करिब ८ वर्ष अघि मात्र ७ व्यवसायीरुको अगुवाईमा सघंलाई ईभा नेपालको नाम दिई विधिवतरुपमा दर्ता गरिएको थियोे । सघंले नेपालभरका पार्टीप्यालेस तथा कयाटरिङग व्यसायीहरुलाई समेट्दै, निजी क्षेत्रका अन्य वस्तुगतसघंहरुको सहकार्यमा यसतर्फका व्यवसायीहरूले भोग्नु परेका विषयगत समस्याहरूको दीर्घकालीन समाधानकालागि सरकारीपक्षसगं वार्ताको माध्यम द्धारा निकास खोज्ने कार्य गर्दे आएको छ । सघंले तात्कालीन सरकारबाट बिहे भोजमा १५० भन्दा वडी व्यक्ती सहभागी गराउन नपाईने नियमकको विरोध पछि सरकारी नियम सच्चीएको थियो ।

सेवा व्यवसाय अन्तर्गत यस महासघमा हाल एकसय ५० सदस्यहरू रहेको र नयाँ व्यवसायीहरू थपिने क्रम तिब्रगतीमा बढ्दै गएको छ । सहरी क्षेत्रका सवैजसो मगंलकार्य पार्टीप्यालेसमा निर्भर हुनथाले पछि वार्षिक २५ देखि ३० प्रतिशत व्यवसाय वृद्धि हंदै गएको छ । सञ्चालित पार्टीप्यालेस कम्पनी अन्तर्गत प्रत्येकबाट न्यूनतम ५० व्यक्तिलाई रोजगार दिन सफल भएको छ । यस हिसाबले एकसय पचास कम्पनी मार्फत करिब ७ हजार ५ सय व्यक्ति प्रत्यक्ष रोजगारबाट लाभान्वित हुन पुगेका छन् । अझ बिहे वा महोत्सवको मौसममा आतिथ्य सत्कारकामा दसौँ हजार होटेल व्यवस्थापनमा अध्ययनरत विध्यार्थीहरुलाई आसिंकरुपमा रोजगार उपल्वध गराउन यो क्षेत्र सफलहुंदै आएको छ । उच्च स्तरीय सेवा र गुणस्तरीय खाना उपल्व गराउँदै आएको यस समूहका सम्पूर्ण व्यवसायीहरू द्धारा राज्यको मु.अ.क, आयकर र टिडिएस सञ्जालमा दार्ताभई राजस्व आम्दानीको स्रोत समेत बनेका छन् ।

स्थानीय कृषि उपजको प्रमुख संस्थागत उपभोक्ता रहेको यो समूह जिडिपि वृद्धिमा समेत प्रत्यक्ष सहभागीता जनाएको छ । तर कृषक वर्ग राज्यको कर÷भ्याट सञ्जालभित्र नसमेटिएकै कारणले त्यस्ता कृषि उपज खरिदमा लाग्ने भ्याट रकमको भार स्वयम् व्यवसायीले तिर्नुपर्ने सरकारी वाध्यकारी नियम तत्काल खारेजी हुनुपर्ने अध्यक्ष शर्माले जोडदार माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...