नेपाल वायुसेवा निगमले थप्यो दुई नयाँ चिनियाँ जहाज



हाम्रो इकोनोमि

नेपाल वायुसेवा निगमले दुईटा नयाँ जहाज ल्याएको छ । निगमले चीनबाट मंगलबार दिउँसो पौने २ बजे १७ सिट क्षमताका दुईटा जहाज ल्याएको हो ।

“९ एनएकेयु र ९ एनएकेभी गरी १७ सिट क्षमताका दुईटा जहाज आज ल्याएका छौं,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने । चीन सरकारले अनुदानमा दिएका जहाज ल्याउने क्रममा निगमले थप दुईवटा विमान ल्याएको हो । सरकारले अनुदानमा ल्याएका ती जहाजको रकम अर्थ मन्त्रालयले ७ वर्षपछि चीन सरकारलाई तिर्ने सहमति यसअगाडि नै भइसकेको छ ।

मंगलबार थप दुई जहाज आए पनि निगमले नयाँ गन्तव्यमा भने उडान थप गर्नेछैन । “पुरानै गन्तव्यमा यी जहाज पनि उडान गर्नेछन्,” श्रेष्ठले भने, “अब यस आगाडि जस्तो प्राविधिक समस्या आएमा फ्लाइट क्यान्सिल गर्नुपर्ने अवस्था रहने छैन ।”

निगमसँग अब ६ वटा चिनियाँ जहाज भएका छन् । निगमले अब ८ वटा जहाजबाट आन्तरिक उडान भर्नेछ । दुईटा एयरबस र एउटा बोइङसहित ३ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । निगमसँग अब ११ वटा जहाज सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...