नेपाल वायुसेवा निगमले थप्यो दुई नयाँ चिनियाँ जहाज



हाम्रो इकोनोमि

नेपाल वायुसेवा निगमले दुईटा नयाँ जहाज ल्याएको छ । निगमले चीनबाट मंगलबार दिउँसो पौने २ बजे १७ सिट क्षमताका दुईटा जहाज ल्याएको हो ।

“९ एनएकेयु र ९ एनएकेभी गरी १७ सिट क्षमताका दुईटा जहाज आज ल्याएका छौं,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने । चीन सरकारले अनुदानमा दिएका जहाज ल्याउने क्रममा निगमले थप दुईवटा विमान ल्याएको हो । सरकारले अनुदानमा ल्याएका ती जहाजको रकम अर्थ मन्त्रालयले ७ वर्षपछि चीन सरकारलाई तिर्ने सहमति यसअगाडि नै भइसकेको छ ।

मंगलबार थप दुई जहाज आए पनि निगमले नयाँ गन्तव्यमा भने उडान थप गर्नेछैन । “पुरानै गन्तव्यमा यी जहाज पनि उडान गर्नेछन्,” श्रेष्ठले भने, “अब यस आगाडि जस्तो प्राविधिक समस्या आएमा फ्लाइट क्यान्सिल गर्नुपर्ने अवस्था रहने छैन ।”

निगमसँग अब ६ वटा चिनियाँ जहाज भएका छन् । निगमले अब ८ वटा जहाजबाट आन्तरिक उडान भर्नेछ । दुईटा एयरबस र एउटा बोइङसहित ३ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । निगमसँग अब ११ वटा जहाज सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...