एक नवविवाहितालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास



धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् ।

हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका छन् ।

हजरा क्षीरेश्वरनाथ नगरपालिका–८ हार्सरका स्थानीयवासी अखिलेश कवारीका छोरा २४ वर्षीय रसिद राइनकी पत्नी हुन् । आगोले जलेको घटना गत शनिबार बिहान ९ बजेको हो । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटी गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारका लागि पठाएको जानकारी प्रहरी निरीक्षक नरेश सिंहले गराउनुभयो । प्रनि सिंहले घटनास्थलबाटै प्रहरीले हजराका पति रसिदलाई पक्राउ गरेको छ ।

माइती पक्षले छोरी हजराको सम्बन्धविच्छेद गर्न नमान्दा घरपरिवारका सबै सदस्य मिली मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका पति रसिद, ससुरा ५५ वर्षीय अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । तर प्रहरीले हालसम्म हजराकी पति रसिदबाहेक कसैलाई पक्राउ गरेको छैन । इप्रका महेन्द्रनगरका अनुसार छिमेकले हजरा आफैँले आगो लगाई आत्महत्याको प्रयास गरेकाले उनका पतिलाई मात्र हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका