जिल्लाको सदरमुकामै खानेपानीको हाहाकार



हाम्रो इकोनोमि

जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ ।

वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ ।

अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यतासंगै पानीका लागि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको जयपृथ्वी बहुमुखी क्याम्पसका विद्यार्थी कृष्ण सिंह बताउनुहुन्छ ।

होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साहै्र समस्या भएको छ । दैनिक पानी दिने ठाउँमा तीन दिन र चार दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको खप्तड बोर्डिङ स्कुलका शिक्षक मोहन विक बताउनुहुन्छ ।

नगरपालिका र स्थानीय तहको निर्वाचन भइसके पछि दैनिक आधारभूत आवश्यकता पुरा गर्न चासो नदेखाउँदा जयपृथ्वीबहादुर सिंहको नाममा नगरपालिका बनाउनु पनि लाज लाग्ने स्थानीयवासी जोग कठायतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...