सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु



हाम्रो इकोनोमि

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियामा जारी करिब सातबर्ष लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन् । पछिल्लो समयमा फेरि यहाँ नागरिकमाथिको हमलाका कार्यहरु निरन्तरजस्तै हुन थालेका छन् ।

सिरियाली सरकारी सैनिकले विद्रोहीको बलियो प्रभाव रहेको भनिएको क्षेत्रलाई लक्ष्यगरी विषाक्त रासायनिक हातहतियार समेत प्रयोग गर्दै आएका र यसबाट पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

यसैहप्ता पनि दमासकसनजिकै पूर्वी इलाका घोउटामा विपक्षीको बलियो प्रभाव रहेको इलाकामा कैयौँ पटक सरकारी सुुरक्षा अधिकारीहरुबाट विषाक्त ग्याँस आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

गत सोमबार पनि पूर्वी इलाका घोउटामा कैयौँपटक सरकारी सुरक्षा अधिकारीहरु हवाई आक्रमण गरेको बेलायतआवद्ध सिरियाली अब्जरभेटरी फर ह्युम्यन राइट्सले जानकारी दिएको छ ।

यस कारबाहीमा परी २९ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले एएफपी समाचारलाई बताउनु भएको छ ।

यस आक्रमण परी मारिनेमा केही बालबालिका समेत रहेका पनि रहमानले बताउनु भएको छ । तर कतिजना बालबालिका परेका छन् भन्ने बारेमा भने केही थाहा हुन नसकेको उहाँको भनाई छ ।

सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबीहुदै गएको छ । उनीहरुको हिंसाका कारण पनि धेरै मानिस मारिएका छन् ।

सन् २०११ देखि हालसम्म जारी रहेको यस सिरियाली द्वन्द्वमा परी ३ लाख ४० हजार भन्दाबढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी यस द्वन्द्वमा परी लाखाँै व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैजना घरवार छोडी आफ्नै देश र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन ।

यहाँको द्वन्द्वको समाधानका लागि हालैमात्र पनि संयुक्त राष्ट्रसंघको पहलामा शान्तिवार्ता भएको थियो । तर सो वार्ता प्रयास पनि यसअघिजस्तै सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...