हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको तयारी



प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन्।

हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ।

राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ। देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ।

सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र आरजु मध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ। ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि र आरुजु) नै पर्न सक्नुहुन्छ।’

देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका छन्।

तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए। उनले पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी गरे। राष्ट्रिय सभाको ५६ जनाको निर्वाचन सबै प्रक्रिया सकिएपछि मनोनितका विषयमा छलफल हुने बताए।

‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’, उनले भने । प्रवक्ता शर्माले राष्ट्रिय सभाका तीनजनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए ।

‘राष्ट्रिय सभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीनजनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका