चिया बेचेर मासिक पचास हजार आम्दानी, दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री



हाम्रो इकोनोमि

यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।

तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भन्नुभयो । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आउनुभएको छ । उहाँले रु १० को दरले चिया बेच्दै आउनुभएको छ ।

चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्नुहुन्छ । बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...