चिया बेचेर मासिक पचास हजार आम्दानी, दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री



हाम्रो इकोनोमि

यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।

तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भन्नुभयो । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आउनुभएको छ । उहाँले रु १० को दरले चिया बेच्दै आउनुभएको छ ।

चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्नुहुन्छ । बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...