नेपाल टेलिकमले सुरु गर्यो नयाँ योजना, कुरा गर्दा गर्दै पैसा सकिए पनि फोन नकाटिने



हाम्रो इकोनोमि

नेपाल टेलिकमले आफ्ना प्रिपेड प्रयोगकर्ताको लागि नयाँ योजना सार्बजनिक गरेको छ । आफ्नो १५ औं बार्षिकोत्सवका अवसर पारेर कम्पनीले मोबाइलमा सापटी योजना सुरु गरेको हो । यस योजना अनुसार ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिए पनि फोन काटिने छैन । अर्थात् कुरा गर्दा गर्दै टेलिकमले सापट दिने छ ।

नमस्ते क्रेडिट नाम दिइएको यस योजनामा त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ। आज सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । आज सफ्ट लञ्च मात्र भएको र यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुने कम्पनीले जनाएको छ । यसरी उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । यो योजनामा कति रुपियाँसम्म सापटी पाइने भन्ने बारे कम्पनीले केहि खुलाएको ।

तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...