पार्टी एकता पछी प्रचण्डलाई अध्यक्ष बनाउनु पर्ने लाईनमा रहेका गौतमले भने-पार्टी एकतामा एमाले उदार हुनुपर्छ



हाम्रो इकोनोमि

नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले ठूलो पार्टी भएकाले धेरै जिम्मेवार हुनुका साथै माओवादीलाई धेरै दिनका लागि समेत एमाले तयार हुनुपर्ने बताए।

‘जनताको पछिल्लो अभिमतले समेत एमालेलाई बढी जिम्मेवार बनाएको छ’, एकता प्रक्रियाका सूत्रधार मानिएका गौतमले भने, ‘यस पटक दुर्घटना भएर पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुनेछ। त्यसपछि उठ्न फेरि ज्यादै मिहिनेत गर्नुपर्ने हुनसक्छ।’

नेपालको वामपन्थी एकतालाई विश्वभरका राष्ट्रहरुले हेरिरहेको बताउँदै गौतमले पार्टी एकता भए शान्तिपूर्ण तरिकाबाट पुँजीवादलाई पराजित गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्नसक्ने प्रयोग नेपालमा सफल हुने बताए।

पार्टी एकता नभए एमालेको बढी आलोचना हुने बताउँदै उपाध्यक्ष गौतमले गम्भीर भएर एकता प्रक्रियामा लाग्न पार्टीभित्रका नेताहरुलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...