पार्टी एकता पछी प्रचण्डलाई अध्यक्ष बनाउनु पर्ने लाईनमा रहेका गौतमले भने-पार्टी एकतामा एमाले उदार हुनुपर्छ



हाम्रो इकोनोमि

नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले ठूलो पार्टी भएकाले धेरै जिम्मेवार हुनुका साथै माओवादीलाई धेरै दिनका लागि समेत एमाले तयार हुनुपर्ने बताए।

‘जनताको पछिल्लो अभिमतले समेत एमालेलाई बढी जिम्मेवार बनाएको छ’, एकता प्रक्रियाका सूत्रधार मानिएका गौतमले भने, ‘यस पटक दुर्घटना भएर पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुनेछ। त्यसपछि उठ्न फेरि ज्यादै मिहिनेत गर्नुपर्ने हुनसक्छ।’

नेपालको वामपन्थी एकतालाई विश्वभरका राष्ट्रहरुले हेरिरहेको बताउँदै गौतमले पार्टी एकता भए शान्तिपूर्ण तरिकाबाट पुँजीवादलाई पराजित गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्नसक्ने प्रयोग नेपालमा सफल हुने बताए।

पार्टी एकता नभए एमालेको बढी आलोचना हुने बताउँदै उपाध्यक्ष गौतमले गम्भीर भएर एकता प्रक्रियामा लाग्न पार्टीभित्रका नेताहरुलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...