सैनिक शिवीरमा आक्रमण गरी ११ सैन्य अधिकारीको हत्या



हाम्रो इकोनोमि

पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिवीरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ ।
मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको छ ।
उक्त सैन्य शिवीरमा रातको समय पारेर आतंकारीले हमला गरेका थिए । यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीर रुपमा घाइते भएका छन् ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा यसरी घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतले कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ ।

उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ । आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन । उनीहरु रातको समयमा हमला गरेर भागेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गर्नुभएको छ । उहाँले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...