प्रदेश नं ५ को पहिलो बैठक आजदेखि, यस्तो छ कार्यसूची



हाम्रो इकोनोमि

राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गर्नुभएको छ । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ ।

अधिवेशनका लागि भौतिक संरचना र मानवीय व्यवस्थापनका काम सकिएको संघीय संसद्का सहजीकरण टोली प्रमुख सुरेन्द्रप्रसाद अर्यालले बताउनुभयो । सभा सञ्चालनका लागि संघीय संसद्को सहजीकरण टोलीले कर्मचारी, मर्यादापालक, सभामुख लगायतलाई सहजीकरण गरिसकेको छ ।

प्रदेशको पहिलो बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको प्रदेशका ज्येष्ठ सदस्य तथा बैठकको सभामुखको जिम्मेवारीमा रहनुभएका बलदेब शर्मा पोखरेलले जानकारी दिनुभयो । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका अधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने कार्यसूची रहेको छ ।

प्रदेश सभामा सहभागी हुन आउने सांसदहरुको चहलपहल बढेपछि बुटवल र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सभा सचिवालय र आसपासमा जनपथ र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । प्रदेश ५ का १२ जिल्लाबाट एमाले, काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाका गरी ८७ सांसद छन् । उनीहरुले औपचारिक तर स्वेच्छाले पोशाक लगाउन पाउने दलीय सहमति भएको सर्वदलीय बैठकमा भाग लिनुभएका एमाले प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रदेश सभाको पहिलो बैठकलाई लक्षित गरी बुटवलमा होटल व्यवसायीले २० प्रतिशत छुटमा खाना तथा बसोबासको व्यवस्था गरेका छन् । संघीयताको पहिलो अभ्यास प्रदेश सभा र त्यसको पहिलो सभालाई स्थानीयवासीले समेत निकै चासोका साथ प्रतीक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...