टुँडालमा सम्भाेग कला:पशुपतिनाथ मन्दिरमा उन्मत्त भैरवको लिंग ठाडो पारेर नांगै उभिएको मूर्ति किन राखियो?



मानिसमा यौनोच्छा जागृत गराउन प्राचीन कालमै मन्दिरजस्तो पवित्र र सार्वजनिकस्थलमा यौनकर्ममा लिप्त मूर्ति राख्ने प्रचलन थियो । विभिन्न आसनमा यौनकर्ममा लिप्त देवदेवीका त्यस्ता मूर्तिबाट मानिसमा यौनोत्तेजना विकास गर्न टुँडाल या मन्दिरमा त्यस्ता कलाकृति राख्ने प्रचलन रहेको थियो । यसबाट के बुझिन्छ भने प्राचीनकालीन हाम्रो समाज यौनसम्बन्धी मान्यता निकै उदार थियो र यसलाई पवित्र कामका रुपमा लिइन्थ्यो ।

कामवासना, रतिक्रीडा, रतिराग झल्कने मूर्ति टुँडालमा कुँद्ने प्रचलन थियो । मन्दिरका टुँडालमा रहेका रतिरागसम्बन्धी यस्ता मूर्तिले दम्पत्तीको यौनसुख बढाउने विश्वास गरिएको छ । ‘टुँडाल’ घर या मन्दिरको छाना अड्याउन प्रयोग गरिने पानीबलो हो । मन्दिरमा भने यसलाई ४५ डिग्रीको कोणमा ढल्काएर छानो अड्याएको पाइन्छ । यसले घामपानी, भूकम्प, हावाहुरी तथा अन्य प्राकृतिक विपत्बाट घर तथा मन्दिरलाई जोगाएको छ । मन्दिरका टुँडाललाई प्रायः तीन भाग छुट्याइ मूर्ति कुँदिएको हुन्छ ।

जसको माथिल्लो भागमा कल्पवृक्ष अर्थात रुख, लहरा, फूल आदि राखिएका हुन्छ । दोस्रो भागमा मुख्य देवता एकल वा जोडीसहित हुन्छन् । त्यस्तै, तेस्रो भागमा गन्धर्व, यक्ष, रतिक्रिडा, मानिसका विभिन्न रुप तथा जनावरका मूर्ति कुँदिएको हुन्छ । ललितपुरको चारनारायण मन्दिर तथा हनुमान ढोकामा प्रताप मल्लको पालामा बनेको विश्वनाथको मन्दिर, भक्तपुर दरबार क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिर लगायत काठमाडौं उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा कामवासनामा लिप्त देवदेवी र नरनारीका मूर्ति कुँदिएका छन् ।

 

मन्दिरका टुँडालहरूमा कोकशास्त्र वात्सायनको कामसूत्रमा उल्लेख भएका ८४ किसिमका रतिरागात्मक कलाका आसन कुँदिएको पाइन्छ । विवाहको चौथो दिन चतुर्थी गरेर नवविवाहित जोडीलाई रतिक्रीडा कुँदिएका मन्दिरका टुँडाल देखाउने परम्परा छ । यौनलाई सन्तान उत्पादन र रतिरागका लागि वैधानिकता दिन मात्र विवाह गरिदिने परम्परा नबसेको बताउँछन् यौन मनोविश्लेषक डा. राजेन्द्र भद्रा । भद्रा भन्छन्, ‘विवाहपछिको यौन जीवनलाई रसपूर्ण बनाउन यसलाई कलाका रुपमा टुँडालमा प्रस्तुत गरिएको हो ।’ उनले थपे, ‘पूर्वीय समाजले दिएको कामसूत्रजस्ता साहित्य, लिंग पुजन अनि टुँडाल र अनेकौं मूर्तिहरु यसका प्रमाण हुन् ।’ नेपाली मन्दिरहरूमा कुँदिएका रतिरागात्मक कलालाई मुख्य विषय बनाएर इटालियन अन्वेषक जिसेप टुचीले सन् १९६० मा ‘रतिकला’ लेखेको पुस्तक लेखेका छन् ।

उनले सो पुस्तकमा भक्तपुर, पाटन, काठमाडौंका विभिन्न मन्दिरमा कुँदिएका टुँडालका बारेमा चर्चा गरेका छन् । उनले यस्ता कलालाई ‘स्पोर्टस् अफ लभ’ का रुपमा चित्रण गरेका छन् । टुँडालमा रतिरागसम्बन्धी मूर्ति मानिसलाई यौनप्रति सचेत, जागरुक बनाउन र यौनशिक्षा प्रदान गरी जनबल बढाउनका लागि बनाएको पाइन्छ । देवीदेवताका आलिंगन र योनि मुद्राका मूर्तिले आम मानिसमा कामोत्तेजक भावना पैदा गराउन यस्ताले भूमिका खेल्ने भएकाले बनाइएको मान्यता पनि छ । त्यस्तै, मन्दिरलाई भूकम्प, हावाहुरी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षा दिन तथा राक्षस, भूतप्रेत, पिसाच, डंकिनी, अपसकुन मन्दिरभित्र पस्न नपाउन र देउताको रक्षा होस् भनेर यस्ता मूर्ति कुँद्ने चलन चलेको मानिन्छ । टुँडालमा प्रायः तान्त्रिक देवीदेवता मूर्ति कुँदिएको पाइन्छ ।

यी तन्त्रसँग सम्बन्धित मूर्ति प्रायः रहस्यपूर्ण रहेका छन् । यिनको मुख्य अभिप्राय के हो सोका बारेमा बुझ्न निकै कठिन छ । तसर्थ आम मानिसलाई यी मूर्तितिर ध्यान आकृष्ट गराउनका लागि टुँडालको पादपीठमा रतिराग झल्कने मूर्ति कुँद्ने गरिएको केही विद्धानले चर्चा गरेका छन् । यस्ता मूर्तिलाई तान्त्रिकयोगसम्बन्धी अर्थमा समेत लिने गरिन्छ ।

प्रेमसम्बन्धी शुभलक्षणका रुपमा समेत यस्ता मूर्ति बनाउने चलन रहेको विद्धानले जनाएका छन् । त्यसैगरी हिन्दु धर्म मान्ने नेपाली समाजमा शिवलिंगलाई पुज्ने चलन छ । जसलाई महादेव र उनी पत्नी सतिदेवीको योनिको प्रतीकको रुपमा लिइन्छ । त्यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको उन्मत्त भैरवको लिंग ठाडो पारेर नांगै उभिएको मूर्ति छ । यो मूर्तिको दर्शन गरे सन्तान सुख पाइन्छ भन्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको चियापानमा नेताहरुको भिडभाड

    राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाएको छ । पार्टी

१३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

    चालू आर्थिक वर्षको ११ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको

जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन

    आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार

पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ : रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको उद्देश्य स्पष्ट भए पनि