ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई



हाम्रो इकोनोमि

कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो ।

पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१० ले जित्दै अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा चन्द र धामीको जोडीले २१–१२ र २१–१५ ले जित निकाल्दै उपाधि जितेको हो । उपाधि विजेताद्वयलाई जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा दोस्रो भएका इरफान र रियाजको जोडीले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ४२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कञ्चनपुरकै दिलबहादुर धामी घोषित भए । चन्द र धामीको जोडीले केही दिनअघि कैलालीकै गौरीगंगामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा रु २१ हजार धनराशिको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...