क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले किन गरे आत्महत्या ?



हाम्रो इकोनोमि

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ ।

केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।

क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गर्नुभएका उहाँले बिहीबार बिहान आत्महत्या गरेको समाचार क्युबाको सरकारी वेभसाइटमा राखिएको छ ।

उक्त वेभसाइटमा पूर्व राष्ट्रपति एवम् क्युबाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका छोरा र क्युबाको विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपाध्यक्षका रुपमा समेत रहेर काम गर्नुभएका क्यास्ट्रो डायज बलार्टले बिहीबार आत्महत्या गर्नुभएको समाचार राखिएको छ ।

उक्त वेभसाइटमा मृतक क्यास्ट्रो बलार्ट आफ्नो जीवनभर क्युबामा विज्ञान तथा प्रविधिको विकासमा लाग्नुभएको बताइएको छ ।

पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो । उहाँ क्युबाको एक क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...