प्रिमियरको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता, ६५ हजार ९५१ जनाको हातमा १० कित्ता



हाम्रो इकोनोमि

प्रिमियर इन्सुरेन्सको एफपीओ बिहीबार बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाको हातमा ११ कित्ताका दरले सेयर परेको छ ।

कुल १ लाख ८९ हजार ३२१ आवेदकमध्ये १ लाख ८६ हजार ४७५ जनाको आवेदन स्वीकृत भएको छ भने २ हजार ८४६ जनाको आवेदन रद्द भएको छ । कम्पनीले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन एफपीओको सहारा लिएको हो ।

हाल यसको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८०० रुपैयाँ छ । एफपीओपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुग्नेछ । यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । कम्पनीले हालैमात्र एफपीओले पनि पाउने गरी १३.५२५ बोनस सेयर दिने घोषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...