फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्



हाम्रो इकोनोमि

सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् ।

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको बताउनुभयो ।

अभिभावक संगठनहरु, प्याब्सन र आफन्तहरुले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । हुलियाका आधारमा उनीजस्तै व्यक्ति देखिएको सूचनाका आधारमा गाउँ–गाउँमा समेत खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले बिहीबारदेखि नै दिनरात खोजी गरिरहेका छौँ ।” तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ जानुभएको थियो । साँझसम्म पनि नभेटिएपछि उहाँले परिवारमा खबर गर्नुभयो ।

प्रधानाध्यापक ओलीले जोनले आफूलाई दुःख दिएको भन्दै अर्को दिन उनी घर फर्किएर आउने बताएको जोनका आफन्त भरत राईले बताउनुभयो । उहाँले भन्नुभयो, “केका आधारमा भोलि आउँछ भनेको हो, त्यो प्रस्ट बताएको छैन ।”

प्रधानाध्यापकको लापरबाहीका कारण घटना भएको परिवारजनको आरोप छ । उनलाई कारबाही गर्नुपर्ने राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक त विद्यार्थीलाई २४ किलोमिटर हिँडाएर लगेको छ, अर्कातिर कसरी घटना भयो समेत बताएको छैन ।” प्रधानाध्यापक र सँगै गएका अरू विद्यार्थीको भनाइ फरक भएको आफन्तले बताएका छन् ।

‘लास वा सास’ जे भएपनि चाहिने भन्दै चाँडो खोजी गर्न परिवारजनले दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...