प्रिमियरको एफपीओ भोली बाँडफाँड हुने



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्सको थप नयाँ सेयर भोली बिहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १८ गते बिहीबार बिहान ९ बजे इन्स्योरेन्सको कार्यालयमा सेयर बाँडफाँड हुनेछ ।

इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओका लागि १ लाख ८९ हजार वटा आवेदन परेका थिए । उल्लेखित आवेदनबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाको सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो । तर कम्पनीको सेयर १० कित्ताका दरले जम्मा ६६ हजार ५५६ जनाले मात्र पाउने भएका छन् ।

कम्पनीको सेयरमा आवेदन गर्ने एक सय जनामा ३५ जनाले मात्र १० कित्ता सेयर पाउँदा ६५ जना रित्तो हात हुने भएका छन् ।

१०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँमा सेयर बिक्री गरेको कम्पनीले ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । अंकित मूल्य भने अहिलेको चुक्ता पूँजी ४४ करोड ५ लाख रुपैंयामा थप भई ५१ करोड माथि पुग्नेछ ।

बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड नजिक पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...