बेपत्ता भएको नौ महिनापछि जंगलमा कंकाल भेटियो



तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ ।

म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो ।

जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव यादवले बताउनुभयो ।

लिम्बू झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भुइँमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बूको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक केशर खत्रीले बताउनुभयो । नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ ।

सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । सोबारे आज बिहानै घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान तथा प्रक्रिया पु¥याई कंकाल परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको निमित्त प्रहरी प्रमुख यादवले बताउनुभयो ।

लिम्बू गएको वैशाख महिनादेखि बेपत्ता थिए । परिवारले वैशाखमा बेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो । उनको नागरिकतासहित कंकाल भेटिएको साथै छोरा शान्त लिम्बूले बाबुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बूको पहिचान प्रष्ट भएको हो । लिम्बू मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका