डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, आठ घाइते



हाम्रो इकोनोमि

डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ भने बाँकी आठ जना घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

घाइते हुनेमा मलामी गई फर्किरहेका शिव दमाई, दिलीप दमाई, दीपक ढोली, हरि दमाई, मनोज दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ट्र्याक्टर अनियन्त्रित भई सडक नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...