करुणामाई मन्दिरका मूल्यवान् गहना चोरी



हाम्रो इकोनोमि

काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ ।

गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ ।

सो मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउँछन् । आज बिहान भक्तजनले त्यहाँ पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...