फेसबुकको व्यक्तिगत सुचनालाई उच्च प्राथमिक्ता दिने घोषणले २३ अर्ब डलर गुम्ने



हाम्रो इकोनोमि

फेसबुक सामाजिक सञ्जालमा पूर्ण आधिपत्य जमाउन सफल ब्राण्डको नामले स्थायित्व पाईसकेको छ । कम्पनीले पहिलोपटक फेसबुक सञ्जालमा व्यक्तिगत सुचनालाई उच्च प्राथमिक्ता दिई व्यवसायिक सुचनालाई घटाउंदै जाने घोषण गरेपछि कम्पनीको शेयर मुल्यमा करीब २३ अर्ब अमेरीकी डलर क्षती भएको अमेरीकी वित्त क्षेत्रका जानकारहरुले प्रस्ट पारेका छन् ।

अमेरीकी प्रख्यात पत्रिका “दि सन” दैनिकका अनुुसार फेसबुकका मालिक मार्क जुकरवर्कले व्यवसायिक सुचनाका अपडेटलाई हटाउंदै व्यक्तिगत सुचनालाई प्राथमिक्ता दिईने कम्पनीको आधिकारीक धारणा बजारमा आए लगतै एकै दिन शेयर मुल्यमा ४ प्रतिशत सम्म गिरावट आएको जनाएको छ । जुकरवर्कको यस निर्णयले अबका तीन महिनामा कमपनीले करीव ३.३ बिलियन अमेरीकी डलरको आम्दानी गुमाउन सक्ने छ , भने फेसबुकको वित्तिय व्यवस्थापनमा समेत खतराको घण्टी बज्ने आकंलन गरीएको छ । उता कम्पनीको आधिकारीक विज्ञप्ति अनुसार फेसबुक व्यवसायीक कम्पनीको विज्ञापनगर्ने थलो नभई इष्ट–मित्र र आफन्तजनलाई नजिक्याउने सहज माध्यम हुनाले वाध्यभई यस्तो निर्णय लिईएको जनाईएको छ ।

फेसबुकमा व्यवसायिक बिज्ञापन अत्याधिक भएको गुनासो प्रयोगकर्ताहरुले गरेपछि यो रणनीती अपनाईएको उल्लेख गरीएको छ । यसै बीच मार्क जुकरवर्कका अनुसार फेसबुक प्रयोगकर्ताहरुको दैनिक घटनाक्रमलाई विशेष प्राथमिक्तामा राख्ने कम्पनीको यस्तो फैसलाले शुरुवातमा कम्पनीलाई केहि आर्थिक घाटा व्यहर्नुपर्ने देखिए पनि दिर्घकालमा कम्पनीको उद्देशयमा सफलभई शेयर मुल्य उच्चहुंदै जाने बताईएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...