ओली–प्रचण्डबीच जिम्मेवारी बाँडफाँटमा अाजै सहमति हुदै,कार्यदलको बैठक पनि सिङ्गदरबारमा जारी



वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकताको विषयमा निर्णायक गृहकार्य सुरु गरेका छन्। एकता प्रक्रिया लम्बिँदै जाँदा थप राजनीतिक जटिलता पैदा हुने भन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोप्य छलफलमा जुटेका हुन्।

स्रोतका अनुसार, काठमाडौंको एक स्थानमा दुवै नेताबीच अहिले पार्टी एकताको विषयमा सघन रुपमा छलफल भइरहेको छ।

‘स्थानको विषयमा नभनौं, तर दुवै अध्यक्षबीच पार्टी एकताको विषयमा कसरत भइरहेको छ’, स्रोतले भन्यो, ‘आजै परिणाम नआए पनि एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने आधार निर्माण गर्ने प्रयासस्वरुप बैठक बसेको हो।’

एकीकृत पार्टीको नेतृत्वको विषयमा वाम गठबन्धनभित्र सहमति जुट्न सकेको छैन। नयाँ बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई दिन माओवादी केन्द्र सहमत छ। तर, सरकारको नेतृत्व एमालेले गरे एकीकृत पार्टीको नेतृत्व दाहालले गर्न पाउनुपर्ने माओवादी केन्द्रले अडान लिएको छ। सोही कारण दुई पार्टीबीचको एकता प्रक्रिया लम्बिँदै गएको छ।

दुई पार्टी एकीकरण प्रक्रियामा जाँदै गर्दा अन्तर्राष्ट्रिय शक्तिहरु त्यस विरुद्ध उत्रिएको वाम गठबन्धनका शीर्ष नेताले बताउँदै आएका छन्। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदै राष्ट्रियसभाको निर्वाचनसम्म सहकार्य गर्दै आएका दुवै वाम पार्टीले नयाँ सरकार गठन अगाडि नै एकीकरण प्रक्रियालाई टुंग्याउने बताएका छन्। यता सिङ्गदरबारमा कार्यदलको बैठक सुरु भएको छ। बैठकमा सुबाश नेमबांग,मात्रिका यादव,सुरेन्द्र पाण्डे लगायतका नेता सहभागी छन्।

प्रादेशिक सरकारको भागबन्डाबारे निर्णय गर्न वाम गठबन्धनको कार्यदल बैठक सुरु भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सुरु भएको कार्यदल बैठक बसेको हो प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनका लागि वाम गठबन्धनले गठन गरेको कार्यदलले यसअघि सहमतिमै राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट गरेको थियो।

कार्यदलले यसअघि प्रादेशिक सरकारको मन्त्रिमण्डल प्रदेशसभाको जम्मा संख्याको १० प्रतिशतको आकारमा बनाउने सहमति गरेको थियो। सो सहमति अनुसार प्रदेशको मन्त्रिमण्डलमा बढीमा ७ सदस्यीय हुनेछ।

कार्यदलको आजको बैठकले २ नम्बर प्रदेश बाहेकको प्रदेशमा मुख्यमन्त्रीको बाँडफाँट गर्ने तयारी गरेको छ। शीर्ष नेताले दिएको निर्देशन र मापदण्डमा आधारित रहेका कार्यदलले मुख्यमन्त्रीहरुको भागबन्डा गर्नेछ। स्रोतका अनुसार, प्रदेश नम्बर १ र ३ नम्बरमा बहुमत प्राप्त गरेको एमालेले माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्नेछ। त्यस्तै, प्रदेश नम्बर ५ मा एमाले सचिव शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने समझदारी यसअघि नै शीर्ष नेताबीच भइसकेको छ।

एमालेसँग चुनावी गठबन्धन गरेर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको माओवादी केन्द्रले भागबन्डा अनुसार २ वटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्नेछ। स्रोतका अनुसार, प्रदेश ६ र ७ को  प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्नेछ। प्रदेश ४ को नेतृत्व एमालेलाई दिने समझदारी शीर्ष नेताबीच भएको छ।

एमालेले प्रदेश सरकारको नेतृत्व गरेको प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रले दाबी गरेको छ। आफूले नेतृत्व गर्ने ६ र ७ नम्बर प्रदेशको सभामुख पद लिन माओवादी केन्द्रले एमालेलाई प्रस्ताव गरेको छ। एमाले भने बढीमा २ प्रदेशको सभामुख माओवादी केन्द्रलाई दिन सकिने बताउँदै आएको छ। सोही बाँडफाँटको विषयलाई आज बस्ने कार्यदल बैठकले टुंगो लगाउनेछ।शुक्रबार एमाले र माओवादीका शीर्ष नेताले प्रदेश सरकार गठनलाई टुंगोमा पुर्‍याउन कार्यदल सदस्यलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित