ओली प्रचण्डकै घरमा पुगेर गोप्य वार्ता गर्न थाले,कार्यदलको बैठक सर्यो,ओली र प्रचण्ड बीच यस्तो हुदैछ सहमति



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दाहाल प्रचण्डबीच गोप्य वार्ता भइरहेको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा वार्ता भइरहेको हो । दुई नेताको भेटका कारण बिहान ११ बजे बस्ने भनिएको कार्यदलको बैठक दिउँसो ३ बजेलाई सरेको छ ।

मुख्यमन्त्री लगायतका विषयमा ओली र प्रचण्डबीच मोटोमोटी सहमति भएपनि सभामुखको बिषयमा कुरा नमिल्दा कार्यदलको बैठक सरेको श्रोतको भनाई छ । माओवादी केन्द्रले मुख्य मन्त्री र सभामुख फरक फरक दलबाट हुनुपर्ने प्रस्ताव गर्दै २ मुख्य मन्त्री र ४ सभामुख पाउनुपर्ने माग गरेको छ भने एमालेले ४ मुख्यमन्त्रीसँगै ४ वटै सभामुखमा दाबी गरेको छ । भेटमा पार्टी एकता र राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल भइरहेको बताइएको छ ।

दुई अध्यक्षबीच शुक्रबार पनि वार्ता भएको थियो । सरकार गठन पहिले कि पार्टी एकता पहिले भन्ने विवाद जारी रहेका बेला दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता बाक्लिएको छ । यसअघिका प्रचण्ड ओलीनिवास बालकोट पुग्ने गरेपनि आज भने ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...