ओली प्रचण्डकै घरमा पुगेर गोप्य वार्ता गर्न थाले,कार्यदलको बैठक सर्यो,ओली र प्रचण्ड बीच यस्तो हुदैछ सहमति



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दाहाल प्रचण्डबीच गोप्य वार्ता भइरहेको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा वार्ता भइरहेको हो । दुई नेताको भेटका कारण बिहान ११ बजे बस्ने भनिएको कार्यदलको बैठक दिउँसो ३ बजेलाई सरेको छ ।

मुख्यमन्त्री लगायतका विषयमा ओली र प्रचण्डबीच मोटोमोटी सहमति भएपनि सभामुखको बिषयमा कुरा नमिल्दा कार्यदलको बैठक सरेको श्रोतको भनाई छ । माओवादी केन्द्रले मुख्य मन्त्री र सभामुख फरक फरक दलबाट हुनुपर्ने प्रस्ताव गर्दै २ मुख्य मन्त्री र ४ सभामुख पाउनुपर्ने माग गरेको छ भने एमालेले ४ मुख्यमन्त्रीसँगै ४ वटै सभामुखमा दाबी गरेको छ । भेटमा पार्टी एकता र राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल भइरहेको बताइएको छ ।

दुई अध्यक्षबीच शुक्रबार पनि वार्ता भएको थियो । सरकार गठन पहिले कि पार्टी एकता पहिले भन्ने विवाद जारी रहेका बेला दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता बाक्लिएको छ । यसअघिका प्रचण्ड ओलीनिवास बालकोट पुग्ने गरेपनि आज भने ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...