आगलागीबाट २० लाखको क्षति,बालक घाइते



रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।

आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुुदायस्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट नरेन्द्र पुनका ५ वर्षीय छोरा आयुष पुन जलेर घाइते भएका छन । घाइते पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । आगलागीबाट घरभित्र रहेका अन्न, लत्ताकपडा, नगद, जिन्सीसमेत जलेर नष्ट भएको छ भने आधा दर्जन पशु चौपायासमेत जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट करिव रु २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीयवासी नारायण केसीले जानकारी दिनु भयो ।

आगलागी पीडितका लागी समुदायस्तरीय विपद् व्यवस्थापन समितिले तत्कालका लागि चिनी र च्युराको व्यवस्था गर्नुका साथै बस्नका लागि आफन्तको घर व्यवस्था गरिदिएको केसीले जानकारी दिनुभयो । विद्यालय छुट्टीको दिन परेका कारण केटाकेटी खेल्ने क्रममा आगो लागेको हो कि भन्ने अनुमान गरिएको केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही