प्यालेस्टिनीलाई सहयोग रोक्ने डोनाल्ड ट्रम्पको चेतावनी



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिनुभएको छ ।

हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिनुभयो । उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताउनुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले यो घोषणा दोस्रो पटक गर्नुभएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको यसअघि नै बताइएको थियो ।

राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागीताका लागि डाभोसमा हुनुहुन्छ । सो कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सो धारणा राख्नुभएको हो ।

अमेरिकाले यसमध्येको अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र सुरक्षाकर्मीको तालिमका लागि थौरै छुट्याइएको बताएका छन् ।

तर अमेरिकाले दिने भनिएको सो सहयोगमा के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारेमा भने अहिले नै अमेरिकाले कुनै निर्णय गरेको छैन ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा गर्नुभएको निर्णयमा जेरुसलेमलाई इजरायली राजधानीको मान्यता दिएयता प्यालेस्टिानीहरु अमेरिकाको कुनै पनि वार्तामा सहभागी हुन अस्वीकार गरेका छन् ।

सो मुद्दाप्रति प्यालेस्टिनीको व्यापक मात्रामा विरोध रही आएको थियो । उक्त मुद्दा संयुक्त राष्ट्रसंघमा नै पुगेपछि त्यसम अमेरिकी निर्णय असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...