जलवायु परिवर्तनका कारण स्याउ फल्न छोड्यो



हाम्रो इकोनोमि

सतबाँझमा गएको १२ वर्षदेखि स्याउ फल्न छोडेको छ ।

स्याउका लागि प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा उत्पादन हुन छोडेको हो ।

विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी जातका स्याउ फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँपर्न छोडेपछि उत्पादन हुन् छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख बागबानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिनुभयो ।

स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालेको छ । स्याउ फल्ने समय साउनदेखि कात्तिकसम्म सतबाँझमा पछिल्लो समयमा बोट समेत हुर्कन नसकेको उहाँले बताउनुभयो ।

स्याउ फल्न छाडेपछि हाल यहाँ तराई तथा भारतबाट आयात गरिँदैआएको छ । विगतमा सतबाँझको स्याउ सुदूरपश्चिमका साथै काठमाडौंँसम्म बिक्री गरिन्थ्यो । विसं २०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवद्र्धनका लागि स्थापना भएको सुक्खा फलफूल केन्द्रमा पछिल्लो समय स्याउका जात लोप हुँदै गएका छन् ।

स्थापनाकालदेखि ७३ जातका स्याउ तथा बोटबिरुवा उत्पादन शुरु गरेको सो केन्द्रमा हाल दुई दर्जनभन्दा कम जातका स्याउ मात्र बाँकी रहेका छन् । त्यतिबेला ‘अचार्डकम नर्सरी’ का नामले स्थापना भएको सो केन्द्र स्याउका लागि उपयुक्त मानिएकाले भारतको कास्मीरलगायत विभिन्न देशबाट ७३ जातका स्याउ रोपिएका थिए । अहिले २० देखि २५ जातका स्याउ मात्र बाँकी रहेको छ ।

सो केन्द्रद्वारा प्रकासित आव २०६७/६८ को वार्षिक प्रगति पुस्तिकामा उल्लेख भएअनुसार शुरुमा रोपिएका ती स्याउमध्ये हाल १७ जातका मात्र उत्पादन हुनेगरेको छ । यहाँ २०४० सालसम्म स्याउ पर्याप्त मात्रामा उत्पादन भएको बागबानी विकास अधिकृत पाण्डेय भन्नुहुन्छ–“जलवायु परिवर्तन र रोग कीराको प्रकोपले स्याउका धेरै जात हराएर गए ।”

रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, जोनाथन डेलिसियस, मेकेन्टस, रेड जुन, कक्स अरेन्ज, ब्यूटी अफ वाथ, किङ अफ पिपिन, काश्मिरी एब्रा, स्टाक अर्ल ब्लेज, रेड मोल्ड र बेनौनी जातका स्याउ मात्र गणनामा रहेको उल्लेख छ ।
माइनस पाँचदेखि आठ डिग्री तापक्रममा फल्ने अधिकांश स्याउका जात अहिले हराएर गएको र केही फल्न छोडेको फलफूल केन्द्रले जनाएको छ ।

अहिले यहाँको तापक्रम हिउँदमा मात्रै कहिलेकाँही शून्य डिग्रीसम्म र्झने र आठ÷दस वर्षयता त्योभन्दा तापक्रम कम नभएको केन्द्रले जनाएको छ । स्थापनाकालको तीन दसकसम्म साढे चार हजार बोटले १५० किलोको अनुपातमा फल दिने गरेको पुराना दिन सम्झँदै अधिकृत पाण्डेय भन्नुहुन्छ–“फलेका स्याउका दाना पनि साना हुन्छन्, स्वादिलो पनि खासै हुन्न ।”

स्याउ उत्पादन घटेपछि केही वर्षदेखि स्याउका बिरुवा सुकेको ठाउँमा नासपाती, आरुबखडा, खुर्पानी, ओखर, चुच्चेओखर, कटुस, हलुवावेद, कागतीलगायत फलफूल लगाउन थालिएको छ । फलफूल केन्द्रले वार्षिक २० हजारजति स्याउका बोट उत्पादन गरिरहेको छ । गुरुखोला र वासुलिङका १८ वटा निजी नर्सरीबाट समेत स्याउलगायत वार्षिक एक लाख ५० हजारको अनुपातमा अन्य फलफूलका बिरुवा उत्पादन गरिँदैआएको छ ।

बागबानी विकास अधिकृत पाण्डेय भन्नुहुन्छ, “सशस्त्र द्वन्द्वका बेला व्यवस्थापनमा कमी आयो, स्याहार सम्भारमा ध्यान दिन नपाउँदा समस्या भएको हो ।”

प्रतिक्रिया दिनुहोस
रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

    राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ...

रास्वपाको ६४ जिल्ला र ४ वटा प्रदेशको नेतृत्व टुंगियो

    पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा रहेको रास्वपाले ६४ जिल्ला र ४ वटा...