सिद्धार्थ बैंकको ६८ लाख २६ हजार कित्ता हकप्रद फागुन २ गतेदेखि बिक्री



हाम्रो इकोनोमि

सिद्दार्थ बैंकले फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०:१ को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

बैंकले हकप्रद सेयर निष्कासनका लागि माघ २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ १९ गतेसम्म कायम बैंकका साविक शेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेको छ  ।   बैंकले गत बर्षको मुनाफाबाट १४ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।  प्रस्तावित १४ प्रतिशत बोनस शेयर र  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...