मुख्यमन्त्री बाँडफाँट गर्दै प्रदेश सरकार बनाउन बाम गठबन्धनको बैठक सिंहदरवारमा सुरु,यसरी हुदैछ सहमति



हाम्रो इकोनोमि

राष्ट्रिय सभाको सिट बाँडफाँट सहज रुपमा टुङ्ग्याएका एमाले–माओवादी केन्द्रले आजदेखि प्रदेश सरकार निर्माण र मुख्यमन्त्री बाँडफाँटबारे छलफल गर्ने भएका छन्। यसका लागि आज १ बजेदेखि सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुई पार्टीको संयुक्त कार्यदलको बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रदेश सरकार निर्माणका सन्दर्भमा छलफल हुने एमाले नेता तथा कार्यदलका संयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए। प्रदेश सरकार निर्माणका लागि सबैभन्दा पहिले दुबै पार्टीले प्रदेश संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।

‘आजको बैठकमा संसदीय दलको नेता चयनबारे छलफल भैरहेको छ , मुख्यमन्त्री, सभामुख लगायतका विषयमा पनि हामी छलफल गर्नेछौं’ पाण्डले भने, ‘प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सिट बाँडफाँट सहज रुपमा भएकाले प्रदेश सरकारको बाँडफाँटमा पनि अप्ठेरो छैन।’

सातमध्ये वामगठबन्धनले ६ प्रदेशको सरकार बनाउने स्थिति छ। त्यसमध्ये माओवादी केन्द्रले २ प्रदेशको सरकार प्रमुख दावी गरेको छ भने एउटा दलले मुख्यमन्त्री पाएको प्रदेशमा अर्काे दलको सभामुख हुुुनुपर्ने प्रस्ताव गरेको छ। एमालेले भने पाँच वटा प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...