मुख्यमन्त्री बाँडफाँट गर्दै प्रदेश सरकार बनाउन बाम गठबन्धनको बैठक सिंहदरवारमा सुरु,यसरी हुदैछ सहमति



हाम्रो इकोनोमि

राष्ट्रिय सभाको सिट बाँडफाँट सहज रुपमा टुङ्ग्याएका एमाले–माओवादी केन्द्रले आजदेखि प्रदेश सरकार निर्माण र मुख्यमन्त्री बाँडफाँटबारे छलफल गर्ने भएका छन्। यसका लागि आज १ बजेदेखि सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुई पार्टीको संयुक्त कार्यदलको बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रदेश सरकार निर्माणका सन्दर्भमा छलफल हुने एमाले नेता तथा कार्यदलका संयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए। प्रदेश सरकार निर्माणका लागि सबैभन्दा पहिले दुबै पार्टीले प्रदेश संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।

‘आजको बैठकमा संसदीय दलको नेता चयनबारे छलफल भैरहेको छ , मुख्यमन्त्री, सभामुख लगायतका विषयमा पनि हामी छलफल गर्नेछौं’ पाण्डले भने, ‘प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सिट बाँडफाँट सहज रुपमा भएकाले प्रदेश सरकारको बाँडफाँटमा पनि अप्ठेरो छैन।’

सातमध्ये वामगठबन्धनले ६ प्रदेशको सरकार बनाउने स्थिति छ। त्यसमध्ये माओवादी केन्द्रले २ प्रदेशको सरकार प्रमुख दावी गरेको छ भने एउटा दलले मुख्यमन्त्री पाएको प्रदेशमा अर्काे दलको सभामुख हुुुनुपर्ने प्रस्ताव गरेको छ। एमालेले भने पाँच वटा प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...