ओलीकै सामुन्ने एमाले भित्र माडवारी नेताका रुपमा चिनिने केपीका दाहिने हातलाई यसरी झम्टिए योगेश भट्टराईले,कोमल ओली बोक्नेको यसरी भयो चर्चा



हाम्रो इकोनोमि

राप्रपाबाट भर्खरै एमाले प्रवेश गरेकी कोमल वलीलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको विषयलाई लिएर एमालेका दुई नेताबीच झण्डै कुटाकुट भएको छ ।
उम्मेदवार टुंगो लगाउन अध्यक्ष केपी ओली निवकासमा बसेको एमाले स्थायी कमिटि बैठकमा पुरानालाई स्थान नदिएको र नवप्रवेशीलाई महत्व दिएको भन्दै योगेश भट्टराई र धनश्याम भुसालले नोट अफ डिसेन्ट जारी गरेपछि विष्णु पौडेल जंगिएका थिए ।

पौडेलले भट्टराई र भुसालले नोट अफ डिसेन्ट लेखेको विषयलाई लिएर पौडेल गर्जिन सुरु गरेका थिए । पौडेलले नोट अफ डिसेन्ट लेखेपछि पौडेल भट्टराई र भुसाललाई इंगीत गर्दै आफु इन्चार्ज भएपछि आफ्नो निर्णय लागु हुने भन्दै अरुलाई चासो नलिन आग्रह गरेपछि बैठकमा उनीहरुको विवादले उग्र रुप लिएको थियो । बैठकमा पौडेलले भट्टराईलाई इगिंत गर्दै भने,‘ ५ नम्बर प्रदेशको इन्चार्ज म हो । मैले जे भने त्यो हुन्छ । अरुले चासो धेरै नराखेको राम्रो ।’

नोट अफ डिसेन्ट लेखेका भट्राईले पौडेललाई मुखभरीको जवाफ फर्काए । ‘ ‘हामीलाई पनि थाहा छ, कसको कनेक्सन कहाँ छ भनेर । लोकमान कार्कीदेखि एनसेलसम्म कहाँ–कहाँ के भएको छ सबै थाहा छ । हामीले पनि हिसाब राखेका छौं । ठूलो कुरा नगरे हुन्छ । एक दिन सबै बाहिर आउँछ । सबै हिसाब असुलिन्छ’, भट्टराई बनाई उद्दृत गर्दै स्रोतले भन्यो । पौडेल एमाले भित्र माडवारी नेताका रुपमा परिचित छन्। र उनलाई एमाले भित्रका कुबेर भनेर पनि चिन्ने गरिन्छ।

बैठकमा सहभागीहरुले संयमित हुन आग्रह गरेपछि उनीहरुको विवाद साम्य भएको थियो ।

एमाले स्थायी समितिको बैठकले ५ नम्बर प्रदेशबाट रमष्ट्रियसभा सदस्यमा कोमल वलीको नाम सिफारिस गरेपछि नेताहरुबीच विवाद बढेको हो । सो विषयलाई लिएर कार्यकर्ताहरुले समेत सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...