कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा



रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय का पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् ।

विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण हुँदापनि पदाधिकारी भने विलासी गाडी खरिदमा लागेको विद्यार्थीको आरोप लगाउँदै नेपाल विद्यार्थी यही माग ३ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलमा उत्रिएको हो ।
विश्वविद्यालयले उपकुलपतिका लागि रु ७१ लाखको टाटा कम्पनीको हेग्जा, रजिष्ट्रारका लागि रु ६१ लाखको टाटा कम्पनीकै सफारी स्टोर्म, सेवा आयोगका अध्यक्षका लागि रु ५१ लाखको हुण्डाईको क्रेटा गाडी खरिद गरेको विश्वविद्यालयले जनाएको छ ।

त्यसैगरी दुईजना डिनका लागि रु ४० लाखको महेन्द्रा कम्पनीको स्करपियो र रु ३६ लाखको टाटा कम्पनीको पिकअप गाडी, केन्द्रीय कार्यालय र अनुसन्धान निर्देशकका लागि पनि रु ३६ लाखको टाटा कम्पनीको दुई वटा पिकअप गाडी खरिद गएिको छ । विश्वविद्यालय स्थापना भएको छ वर्षअघिमात्रै सबै पदाधिकारीका लागि नयाँ गाडी खरिद गरिएको थियो ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं कृषि विश्वविद्यालयका संयोजक सरोज रेग्मीले विद्यार्थीले अध्ययनका लागि अतिआवश्यक सामग्री नपाउनु तर पदाधिकारी विलासी गाडीमा हुइँकिनु राम्रो नभएको भन्दै यीसहित अन्य माग गर्दै नेविसंघ आन्दोलित भएको बताउनुभयो ।

पदाधिकारीहरुले मनोमानी रुपमा पूर्वाधारबिना आंगिक क्याम्पस खोलेको आरोप पनि नेविसंघले लगाएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले उच्च पदका पदाधिकारी धेरै भएकाले आवश्यक भएरै गाडी खरिद गरिएको जानकारी दिनुभयो । अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले कम मूल्यका गाडी खरिद गरेको उहाँको दाबी थियोे ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

          ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्छौँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने

पुस ७ भित्र डिन र क्याम्पस प्रमुख नियुक्त गरिसक्नू : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने