अब ५५ वर्षमै वृद्धभत्ता, राजनीतिक फाइदाका लागि यसरी रित्याउँदैछ देउवा सरकारले सरकारी ढुकुटी



हाम्रो इकोनोमि

सरकारको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउनेछन्। पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई ५५ वर्षदेखि नै वृद्धभत्ता दिनुपर्नेछ।

सरकारले यसअघि कर्णालीका सबै समुदायका नागरिक र देशभरका दलित समुदाय तथा एकल महिलालाई ६० वर्षमा भत्ता वितरण गर्दै आएको थियो। सरकारले वृद्धभत्ता पाउने उमेर पाँच वर्ष घटाएकाले कर्णाली र दलित समुदायको वृद्धभत्ता पाउने उमेर पनि पाँच वर्ष घट्ने विभागले जनाएको छ।

त्यस्तो स्थितिमा कर्णालीका सबै समुदाय, एकल महिला र देशभरका दलित समुदायका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउने स्थिति बनेको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले बताए।

मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार खर्च गरी दुई हजार दिँदै आएको थियो ।

यस्तै भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि थप १ लाख दिने निर्णय बुधबार नै भएको छ। भूकम्प पीडितलाई अनुदान बढाउँदा थप १ खर्ब दायित्व बढ्नेछ। ‘भारतलगायतका अन्य देशले दिने भनेको पैसा दिएका छैनन्, हाम्रो ढुकुटी पनि रित्तो भइसक्यो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...