सुरक्षाकारबाहीमा कारबाहीमा २३ जना आतङ्ककारी मारिए



हाम्रो इकोनोमि

आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् ।

पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार बिहानबाट मङ्गलबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा पनि केही आतङ्ककारी मारिएको अनुमान गरिएको छ ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडा लक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीमा परी ठूलो सङ्ख्यामा हताहत भएको अनुमान गरिएको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले जानकारी दिनुभएको छ ।

तर ती के कति सङ्ख्यमा हताहत भएका छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...