दुई अर्ब ४१ करोड बढी राजस्व संकलन



हाम्रो इकोनोमि

आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो ।

“लक्ष्यभन्दा ११०.३७ प्रतिशत बढी राजस्व संकलन भएको छ,” उहाँले भन्नुभयो । कार्यालयले गत आवको पुस मसान्तसम्ममा रु छ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो ।

विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु सात अर्ब ८८ करोड ३४ लाख नौ हजार राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताउनुभयो ।

बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उहाँले बताउनुभयो । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
हात्तीको आक्रमणबाट पथलैयामा ट्रक चालकको मृत्यु

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले...

मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव

    मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र...

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

    नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ । प्रतिनिधि सभा...

भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने

    नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम...