वर्षाले खेल अवरुद्ध



हाम्रो इकोनोमि

बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ ।

गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिनुभयो ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधिका लागि दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहीमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले स्तब्ध पार्दै देहीमाडौँ उपाधि नजिक पुगेको हो ।

उपाधि विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार र म्यान अफ द सिरीज एक जनाले रु पाँच हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । शहीद दिवशको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...