मेगा बैंकले ६ प्रतिशत नाफा बढायो, दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा



हाम्रो इकोनोमि

मेगा बैंकले चालु आर्थिक वर्ष २०७४.७५ को ६ महिनामा ६ प्रतिशतले नाफा बढाएको छ।गत वर्षको ६ महिनाको तुलनामा बैंकले ६ प्रतिशत बढी नाफा कमाएको हो।

बैंकले ६ महिनामा ३९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ।गत वर्षको सोही अवधिमा ३७ करोड ९ लाख रुपैयाँ थियो।बैंकले ६ महिनामा खुद ब्याज आम्दानी ८४ करोड ६३ लाख रुपैयाँ छ। बैंकले सोही अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको भए पनि ब्याज खर्च भने एक अर्ब ६५ करोड रुपैयाँ छ।बैंकले ६ महिनामा ४५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

गत वर्षको सोही अवधिमा ३८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।बैंकको चुक्ता पूँजी यो अवधिको एक आर्थिक वर्षमा ४ अर्ब १ करोड रुपैयाँबाट ७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात यो अवधिको एक आर्थिक वर्षमा १३.३५ प्रतिशतबाट बढेर १८.५२ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा ०.९६ प्रतिशत छ। बैंकको आधार दर ८.९४ प्रतिशतबाट बढेर १०.८६ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी ५रुपैयाँ ३४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...