गोल्छाले बेच्दै आएको फोर्ड–इको स्पोर्टमा ग्राहक ठगेको भेटियो



हाम्रो इकोनोमि

देशको प्रतिशठित उद्योग घराना समुह मध्ये गोल्छा अग्नाइनेशन अग्र पंकितिमा आयने गर्दछ । यहि समुहबाट दुई पाङग्रे मोटरसाईकल पल्सर बेभ्दै आएको छ , भने चार पाङग्रे मोटरमा फोर्ड–इको स्पोर्ट बेच्दै आएको छ । अत्याधिक मन पराईएको यहि फोर्ड–इको स्पोटको विक्रिमा ग्राहकलाई छुट भन्दै ठगी गरेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरंक्षण विभागकको टोलिले फोर्डको थापाथलिस्थित शो–रुममा छापा मार्दा यस्तो तथ्य भेटिएको जनाएको छ ।

अनुगमन टोलिका संयोजक रमेशकाजी श्रेष्ठका अनुसार १.५ लिटरको पेट्रोल मोडेलकको फोर्ड गाडीको करबाहेक वास्तविक मुल्य २२ लाख ५८ हजार मात्र पर्दछ । गोल्छाले उक्त मुल्यलाई बिक्रि मुल्य २८ लाख २३ हजार तोकि , ३ लाख छुट समेत उपल्वध गराएको छ । ग्राहकहरु छुटको लोभमा गाडी खरिद तर्फ आकर्षित भए पनि गोल्छाले २२ लाख ५८ हजार मुल्य पर्ने गाडीबाट २ लाख ८६ हजार ठगेको चालै पाएन्न् । उपभोक्ता सरंक्षण ऐनले कुनै पनि बस्तु बिक्रि गर्दा उच्चतम २० प्रतिशत भन्दा बडी नाफा अस्लुन नपाईने प्रावधानलाई गोल्छा जस्तो प्रतिशठित समूह ठाडो उल्लघंन गरेको पहिलो पटक पाईएको विभागले जनाएको छ ।

अनुगमनका प्रमुख श्रेष्ठले गो–फोर्डलाई तीन दिन भित्र विक्रि मुल्य भन्दा थपिएको मुल्यको कारण सहित विभागमा उपस्थिीतहुन निर्देशन दिएको छ । गोल्छाले उचित जवाफ दिन नसकेमा कारवाही अघि वडउने विभागले जानकारी खिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...