सातवटै प्रदेशमा आज राष्ट्रिय सभा सदस्यका लागि यसरी हुदैछ मनोनयन,२ नम्बर प्रदेशमा उम्मेदवार छान्न कांग्रेसलाई सकस



हाम्रो इकोनोमि

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ।
बिहान १० बजेदेखि दिउसो ४ बेजसम्म मनोनय दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरि जम्मा २०५६ जना मतदाता रहेका छन्।

प्रत्येक प्रदेशबाट ८ सदस्य (महिला ३, दलित १, अपांगता अल्पसंख्यक १, अन्य ३) गरि जम्मा ५६ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित हुनेछन्।

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको छ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ। ती कार्यालयमा गएर दलहरुले आफ्नो मनोनय दर्ता गर्ने छन्।

निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ।

आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ। उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ।

राष्ट्रियसभा सदस्यका लागि एमाले, माओवादी, राजपा, संघीय फोरमले हिजो नै उम्मेदवारको टुंगो लगाइ सके पनि कांग्रेसले प्रदेश २ का उम्मेदवार अझै टुंग्याउन सकेको छैन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति अबेर सकिएको कांग्रेस शीर्ष नेताहरूको बैठकले अन्य प्रदेशमा भने उम्मेदवारको टुंगो लगाएको छ।

प्रदेश २ मा भने फोरम–राजपासँग चुनावी तालमेल गर्ने सहमति भए पनि क्लस्टरको टुंगो नलागेकाले उम्मेदवार चयन हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...