वाम एकता संयोजन समितिको बैठक ओली निवास बलकोटमा शुरु,यसरी मिल्दैछ भागबन्डा



हाम्रो इकोनोमि

वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक भक्तपुरको बालकोटमा सुरु भएको छ।

एमाले अध्यक्ष केपी ओली निवासमा सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित एकता संयोजन समितिका सदस्यहरु सहभागी छन्।

बैठकले पार्टी एकताको ढाँचा लगायत विभिन्न विषयमा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनका लागि दुवै दलले बनाएको कार्यदलले तयार गरेको प्रतिवेदनमा समेत बैठकमा छलफल हुनेछ।

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि थाइल्यान्ड जानुअघि पनि एकता संयोजन समितिको बैठक बसेको थियो। तर, पार्टी एकताका लागि संगठनात्मक र सैद्वान्तिक विषय मिलाउन बनाउने भनिएको कार्यदल भने सो बैठकले बनाउन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...