वाम एकता संयोजन समितिको बैठक ओली निवास बलकोटमा शुरु,यसरी मिल्दैछ भागबन्डा



हाम्रो इकोनोमि

वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक भक्तपुरको बालकोटमा सुरु भएको छ।

एमाले अध्यक्ष केपी ओली निवासमा सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित एकता संयोजन समितिका सदस्यहरु सहभागी छन्।

बैठकले पार्टी एकताको ढाँचा लगायत विभिन्न विषयमा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनका लागि दुवै दलले बनाएको कार्यदलले तयार गरेको प्रतिवेदनमा समेत बैठकमा छलफल हुनेछ।

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि थाइल्यान्ड जानुअघि पनि एकता संयोजन समितिको बैठक बसेको थियो। तर, पार्टी एकताका लागि संगठनात्मक र सैद्वान्तिक विषय मिलाउन बनाउने भनिएको कार्यदल भने सो बैठकले बनाउन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस
पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...