१–३ को पढाइ अब अंग्रेजी माध्यमबाटै



हाम्रो इकोनोमि

रुकुमको आठबीसकोट नगरपालिकाभरका सामुदायिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि गणित, विज्ञान विषय पनि अंग्रेजी माध्यममै पढाउने भएका छन् ।

नगरपालिकाका ६१ विद्यालयले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई गणित र विज्ञान विषय पनि अंग्रेजी माध्यममै पढाउने भएका हुन् । पढाइको गुणस्तर तल्लो कक्षाबाटै सुधार्ने भन्दै नगर शिक्षा समितिको निर्णय अनुसार नगरपालिकाका सबै विद्यालयले आगामी वैशाखबाट सञ्चालन हुने नयाँ शैक्षिक सत्रदेखि कक्षा १–३ सम्मका ३ विषय अनिवार्य अंग्रेजी माध्यममै पढाउने निर्णय गरेका हुन् । समितिले आयोजना गरेको बैठकमा सहभागी सबै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूले तल्लो कक्षाका पनि केही विषय अंग्रेजी माध्यममा पढाउने निर्णय भएको हिमालय मावि खदीका प्रधानाध्यापक कृष्णराज केसीले बताए । ‘पढाइको गुणस्तर तल्लो तहबाटै सुधार गरौं भन्ने समितिको प्रस्तावमा हामी सबै विद्यालय र व्यवस्थापन समितिको सहमति भयो,’ उनले भने ।

बैठकबाट विद्यालयको समग्र अवस्था सुधार्न प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहने प्रधानाध्यापकले आगामी वैशाखसम्मको कार्ययोजना समितिमा पेस गर्ने, नयाँ शैक्षिक सत्र सुरु भए पुनस् ५ वर्षको विद्यालय सुधार योजना तथा कार्य योजना तयार गर्ने निर्णय गरेको छ । विद्यालय सुधार योजनारकार्ययोजनाका आधारमा प्रअ नियुक्ति गर्ने गरी निर्णय भएको छ ।
शिक्षा क्षेत्रमा हाल देखिएको अस्तव्यस्त सुधारका लागि कार्ययोजना उत्कृष्ट बनाउने शिक्षकलाई नै प्रअमा नियुक्त गर्ने निर्णय समितिले गरेको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । शिक्षक तथा विद्यार्थीको पोसाक अनिवार्य गर्ने त्यसका लागि १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई नगरपालिकाले एक जोर पोसाक प्रदान गर्नेछ । नगरपालिकाले एक जोर र अभिभावकले एक जोर पोसाक बनाइदिने तथा ४ देखि १२ सम्मका विद्यार्थीलाई अनिवार्य २ जोर पोसाक बनाउन लगाउने निर्णयमा पनि विद्यालयहरू सहमत भएका छन् ।

शिक्षाको गुणस्तर विकास गर्न कक्षा ८ को परीक्षालाई मर्यादित बनाउने जसका लागि २/३ विद्यालयका विद्यार्थी एउटा परीक्षा केन्द्रमा राखेर परीक्षा गराउनेमा सहमति जुटेको छ । केन्द्रमा जुन विद्यालयका विद्यार्थी छन् त्यहाँका शिक्षकलाई नपठाउने निर्णयमा पनि प्रअहरू सहमत भएको नगर शिक्षा समिति अध्यक्ष एवं नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...