एमाले भित्र सियो बनेर पस्ने प्रचण्डको यस्तो छ दाउ,ओलीलाई फाली बनेर ठेगान लगाउन क-कस्ले लगाउदैछन् खराउ



हाम्रो इकोनोमि

राजनीतिक खेलाडीका रुपमा चिनिएका प्रचण्ड एमाले पार्टी भित्र बिस्तारै सियो बनेर पस्ने क्रममा छन् । एमाले भित्र बिस्तरै सशक्त टिपको तयारी गरेकाछन् प्रचण्डले । अर्का नेता केपी ओली तर्सिएकाछन् सक्रियताले ।

एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वबिच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो । त्यस्तो देखिए नेता र कार्यकर्ताहरुमा ।

तर माओवादीको अधिकांश नेताहरुले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकेका छैनन् ।
एमालेका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितीमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन सकेको छैन ।

तर पार्टी एकता जति ढिलो हुँदै गएको छ, त्यति नै प्रचण्डको पक्षमा नेताहरु थपिदै गएका छन् । माओवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, तर पछिल्ला दिनमा एमालेका नेताहरुसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने पक्षमा छन् ।

यसअघिदेखि नै प्रचण्डसँग निकट मानिने एमाले उपाध्यक्ष बामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउनुपने पक्षमा छन् । अर्कोतिर केपी ओलीलाई पार्टीभित्रै चुनौति दिदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर नेताहरु पनि अध्यक्ष पद प्रचण्डलाई दिएर सहज रुपमा पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।

पछिल्लो समय पार्टी एकता पर धकेलिदै गएपछि कतिपय ओली पक्षका नेताहरुसमेत एकता सफल बनाउनका लागि लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।

पार्टीकै अर्का प्रभावशाली नेता तथा पूर्व अध्यक्ष झलनाथ खनाल पनि पार्टी एकता सफल बनाउनका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएका छन् । वाम एकताको अन्योल कायमै छ ।

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...