एमालेबाट राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस (सुचिसहित)



हाम्रो इकोनोमि

नेकपा एमालेका विभिन्न प्रदेश कमिटीहरुले प्रदेश १ र ६ बाहेक अन्य प्रदेशमा राष्ट्रियसभाका लागी सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् । राष्टियसभाका ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३ सिटमा जित्ने दाबी गरेको छ, जसमध्ये एमालेको भोटमा २९ सिट परेको छ ।

कुन प्रदेशबाट को-को सिफारिस ?

प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । तर, प्रदेश कमिटीले भने आठ वटै सिटका लागि ५५ भन्दा बढी नाम सिफारिस गरेको छ । ।

जित्ने दाबी गरिएको एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।

प्रदेश ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर, राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् ।

तर, एमालेले सो प्रदेशबाट ४ सिट पाएको छ । एमालेका अधिकांश प्रभावशाली युवा नेताले प्रदेश वा प्रतिनिधिसभाको टिकट पाउँदा खिमलाल र ठाकुर छुटेका थिए ।

एमालेले ५ नम्बर प्रदेशबाट २ खुला सदस्यको सिट पाउको छ । प्रदेश कमिटीले प्रदेश संयोजक बिष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको स्रोतले जनाएको छ ।

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनतीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।

त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...