अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का



हाम्रो इकोनोमि

अमेरिकाले प्यालेस्टिनलाई संयुक्त राष्ट्रसंघीय नियोगमार्फत दिँदै आएको सहयोगको आधा रकम रोक्का गर्ने घोषणा गरेको छ। प्यालेस्टिनका निम्ति काम गर्दै आएको युएन रिलिफ एन्ड वर्क एजेन्सी (अनरवा) लाई अमेरिकाले उपलब्ध गराउँदै आएका उक्त रकम अमेरिकाले एकतर्फी रूपमा रोकेको हो।

अमेरिकाको यस्तो कदमले संकटमा रहेका लाखौँ प्यालेस्टिनलाई असर गर्ने राष्ट्रसंघका एक अधिकारीले जानकारी दिएका छन्। अमेरिकाले प्यालेस्टिनलाई सहयोग गर्दै आएको करिब १२ करोड ५० लाख डलरमध्ये पहिलो किस्तास्वरूप दिनुपर्ने ६ करोड ५० लाख अमेरिकी डलर रोक्ने निर्णय गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरूलाई दिँइदै आएको सहायता रकम रोक्न सकिने खुलासा गरेका थिए।

उनले प्यालेस्टिनीहरूले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने भन्दै चेतावनी दिएका थिए। ट्रम्पको सोही प्रस्तावअनुसार अहिले यो रकम कटौतीको निर्णय आएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि अमेरिकी सहयोगको साटो प्रशंसा र सम्मान नहुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। राष्ट्रसंघको बजेटको ३० प्रतिशत अमेरिकाले बेहोर्ने गरेको छ। गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा प्रस्ताव गरेपछि प्यालेस्टिनीहरू उक्त निर्णयको विरोध गरेका थिए।

राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी संस्थाहरूले प्यालेस्टाइनी शरणार्थीहरूलाई सहायता गर्दै आएका छन्। ती संस्था तथा राष्ट्रसंघीय निकायले पनि प्यालेस्टाइनीलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन्। अब यो सहायता अमेरिकाले एकतर्फी रूपमा रोकेपछि ती कार्यक्रममा असर पर्ने भएको छ। यस विषयमा राष्ट्रसंघका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन। गत आइतबार प्यालेस्टिनका राष्ट्रपति महम्मुद अब्बासले गत वर्षको अमेरिकाको निर्णयपछि नै अमेरिकाको कुनै पनि शान्ति योजनालाई आफूहरूले स्वीकार नगर्ने घोषणा गर्दै आएका छन्। प्यालेस्टिनीको भावना बेवास्ता गर्दै इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिएकोमा प्यालेस्टिनले विरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...