नियम तोड्नेबाट एक करोड ६२ लाख सङ्कलन



हाम्रो इकोनोमि

गएको छ महिनामा नियम विपरीत सवारीसाधन चलाउने चालकलाई गरिएको कारबाहीबाट चितवन ट्राफिक प्रहरी कार्यालय रू. १ करोड ६२ लाख राजश्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्ममा कारबाहीमा परेका २२ हजार सवारीसाधनका चालकबाट उक्त राजश्व रकम सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

पुसमा ३ हजार ५ सय सवारीसाधनका चालकलाई कारबाही गरी रू. २४ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मापसे गरी सवारी चलाउने ४ सय ७ चालक कारबाहीमा परेका छन् ।

१३४ दुर्घटना, ६७ जनाको मृत्यु
ट्राफिक प्रहरीका अनुसार छ महिनामा १ सय ३४ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ भने २ सय ५५ जना घाइते भएका छन् ।

छ महिनाको अन्तरालमा विभिन्न क्षेत्रमा ट्राफिक सङ्केत टाँस्ने तथा बोर्ड राख्ने काम गरिएको छ । सडक सुरक्षाको विषयमा विद्यार्थीलाई प्रशिक्षण तथा विभिन्न स्थानमा ट्राफिक सन्देशमूलक कार्यक्रम गरिएको छ । दैनिकजसो जिल्लामा ट्राफिक सचेतना कार्यक्रम गरिँदैआएको निरीक्षक पन्तले जानकारी दिए । उनका अनुसार चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गरी दुई हजारभन्दा बढीलाई सचेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...