नियम तोड्नेबाट एक करोड ६२ लाख सङ्कलन



हाम्रो इकोनोमि

गएको छ महिनामा नियम विपरीत सवारीसाधन चलाउने चालकलाई गरिएको कारबाहीबाट चितवन ट्राफिक प्रहरी कार्यालय रू. १ करोड ६२ लाख राजश्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्ममा कारबाहीमा परेका २२ हजार सवारीसाधनका चालकबाट उक्त राजश्व रकम सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

पुसमा ३ हजार ५ सय सवारीसाधनका चालकलाई कारबाही गरी रू. २४ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मापसे गरी सवारी चलाउने ४ सय ७ चालक कारबाहीमा परेका छन् ।

१३४ दुर्घटना, ६७ जनाको मृत्यु
ट्राफिक प्रहरीका अनुसार छ महिनामा १ सय ३४ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ भने २ सय ५५ जना घाइते भएका छन् ।

छ महिनाको अन्तरालमा विभिन्न क्षेत्रमा ट्राफिक सङ्केत टाँस्ने तथा बोर्ड राख्ने काम गरिएको छ । सडक सुरक्षाको विषयमा विद्यार्थीलाई प्रशिक्षण तथा विभिन्न स्थानमा ट्राफिक सन्देशमूलक कार्यक्रम गरिएको छ । दैनिकजसो जिल्लामा ट्राफिक सचेतना कार्यक्रम गरिँदैआएको निरीक्षक पन्तले जानकारी दिए । उनका अनुसार चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गरी दुई हजारभन्दा बढीलाई सचेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...